एमालेको मेयरका उम्मेदवारले आफ्नै वडामा स्वतन्त्र जिताए – Nepal Press

एमालेको मेयरका उम्मेदवारले आफ्नै वडामा स्वतन्त्र जिताए

बझाङ । जयपृथ्वी नगरपालिका-१ मा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार रहेका व्यक्तिको सहयोगमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मेयर पदका उम्मेदवार सुरतबहादुर सिंहले आफ्नो वडामा पार्टीको आधिकारीक उम्मेदवारलाई हराउनका लागि खुला प्रचार गरेका थिए ।
एमालेले वडा अध्यक्ष पदमा अस्मिता शाहीलाई टिकट दिए पछि रुष्ट बनेका सिंहले नेपाली कांग्रेसका बागि उम्मेदवार डम्मर बहादुर सिंहलाई जिताउन लागि परेका थिए ।

पार्टीको टिकट आफ्नो गाउँ भन्दा बाहिर गएको भन्दै उनले अर्को गाउँको उम्मेदवारलाई नजिताउन प्रचार गरेका थिए । टिकट प्रति असन्तुष्ट बनेका उनले आफ्ना निकट सहयोगी समेत रहेका नेकपा एमालेका जिल्ला कमिटी सदस्य डबल खड्कालाई समर्थक बनाएर स्वतन्त्र उम्मेदवार खडा गरेका थिए ।

मेयरको उम्मेदवारको सहयोगमा स्वतन्त्र उम्मेदवार डम्मरले ३०२ मत पाएर विजयी भएका छन । एमालेका उम्मेदवार शाहीले जम्मा १२८ मत मात्रै प्राप्त गरेकी छन । वडा अध्यक्ष पदमा निकटत प्रतिद्धन्द्धी एकिकृत समाजबादीका देविजंङ सिंहले २५० मत प्राप्त गरेका छन । जबकी सोही वडाबाट मेयरका उम्मेदवार रहेका सुरतले ४९७ मत पाएका छन ।

आफ्नै दलको आधिकारी उम्मेदवारलाई अन्र्तघात गरेको भन्दै उनको पार्टी भित्रै विरोध हुन थालेको छ । उनले स्वतन्त्र उम्मेदवारलाई मत मागेको टेलिफोन रेर्कडहरु पनि अहिले सामाजिक संजालमा सार्वजनिक हुन थालेका छन् ।

आधिकारीक उम्मेदवारलाई हराउन भुमिका खेलेको भन्दै पार्टीमा उजुरी दिने तयारीमा रहेको पराजित उम्मेदवार अस्मिता शाहीले बताइन् । एमालेको जिल्ला कमिटी उपसचिव समेत रहेका सिहंले भने आफुले अन्र्तघात नगरेको बताउदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर