शंकर पोखरेलको दाबी- एमाले समाप्त पार्ने गठबन्धनको मोर्चाबन्दी असफल भएको छ (भिडि‌ओ) – Nepal Press

शंकर पोखरेलको दाबी- एमाले समाप्त पार्ने गठबन्धनको मोर्चाबन्दी असफल भएको छ (भिडि‌ओ)

‘धाँधली र बुथ कब्जा रोक्न खोज्दा सरकार नै गुण्डागर्दीमा उत्रियो’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेलाई समाप्त पार्ने पाँच दलीय गठबन्धनको मोर्चाबन्दीलाई असफल बनाउन एमाले सफल भएको दाबी गरेका छन् ।

मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अपेक्षा गरेअनुसार परिणाम प्राप्त हुन नसके पनि एमालेको जनमत एक ठाउँमा संगठित भएको र पाँच दलीय गठबन्धन जनमतको हिसाबले तल परेको बताए ।

सेटिङ र धाँधलीका घटनाहरुको बारेमा निरन्तर एमालेले खबरदारी गर्दागर्दै पनि धेरैठाउँमा धाँधली तथा कब्जा रोक्न नसकिएको र सरकारले शक्तिको दुरुपयोग गरेको आरोप लगाए । चुनावअघि नै कर्मचारी हेरफेर गर्ने र परिणाम प्रभावित गर्ने काम सरकारले गरेको उनले बताए ।

पोखरेलले प्राविधिक रुपमा केही स्थानीय तहमा पराजय भोग्नु परे पनि समग्र जनमतको हिसाबले एमाले सर्वाधिक लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताए । सत्तापक्षले गुण्डागर्दीको सहारा लिएर धेरै ठाउँमा एमालेका कार्यकर्ताको अपहरण र कुटपिट भएको तथा उल्टै पीडितलाई थुन्ने काम गरेको उनले बताए ।

पोखरेलले दुई ठाउँमा एमाले कार्यकर्ताको हत्या भएकोसमेत बताए । पोखरेलले चितवनमा प्रहरी प्रशासनको गाडीमा सत्तापक्षका कार्यकर्ता बसेर पैसा बाँड्ने काम भएको आरोपसमेत लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर