ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेसका मेयर, एमालेका उपमेयर विजयी – Nepal Press

ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा कांग्रेसका मेयर, एमालेका उपमेयर विजयी

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तेजन खनाल निर्वाचित भएका छन् । उनले नेकपा एमाले इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै जित निकालेका हुन् ।

खनालले ६ हजार ७ सय ९१ मत पाए । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याइन् । उपमेयरमा भने नेकपा एमालेका केदारबाबु बस्नेत विजयी भए ।

उनले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पारे । वस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाए ।

यहाँ कांग्रेस–माओवादी गठबन्धन वडा तहसम्मै थियो । १२ वडामध्ये कांग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ । २०७४ सालमा प्रमुख उपप्रमुखसहित ७ वटा वडा जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर