ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा गठबन्धन – Nepal Press

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा गठबन्धन

काठमाडौं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गठबन्धन पराजित गर्दै अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। राई ३ हजार ८५ मतका साथ अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्धन्दी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार प्रदिप राईले २ हजार ३ सय ८२ मत ल्याएका छन् ।

उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरिया १ मतान्तरले बिजयी भएकी छन् ।

कडरियाले २ हजार ३ सय ७६ र स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङले २ हजार ३ सय ७५ मत ल्याएका छन् । माओवादी केन्द्रबाट अघिल्लो पटक सोहि पालिकाको उपाध्यक्षमा निर्वाचित भएका ताम्लिङ यसपटक स्वतन्त्र रुपमा उम्मेदवार बनेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर