एमालेका केन्द्रीय सदस्य अर्याल उत्तरगया गाउँपालिकाको अध्यक्षमा निर्वाचित – Nepal Press

एमालेका केन्द्रीय सदस्य अर्याल उत्तरगया गाउँपालिकाको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव अर्याल रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि कांग्रेसले जितेको गाउँपालिकामा एमालेका नेता अर्याल २२८७ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

एमालेको दुईपटक केन्द्रीय सदस्य निर्वाचित भएका अर्याल पार्टीभित्र शालीन नेताका रुपमा चिनिन्छन् । उनले निवर्तमान अध्यक्ष उपेन्द्र लम्साललाई पराजित गरेका हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै चमेली गुरुङ निर्वाचित भएकी छन् ।

उनी यसअघि अध्यक्ष एमालेले हार्दा पनि उपाध्यक्षमा विजयी भएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर