घोराही उपमहानगरपालिकामा एमालेको अग्रता बढ्दै, गठबन्धनभन्दा १२ सय मतले अगाडि – Nepal Press

घोराही उपमहानगरपालिकामा एमालेको अग्रता बढ्दै, गठबन्धनभन्दा १२ सय मतले अगाडि

दाङ । घोराही उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई एमालेले पछि पारेको छ । करिब २६ हजार मतगणना हुँदा मेयरमा एमालेका नरूलाल चौधरीले गठबन्धनका हेमराज शर्मालाई झण्डै एक हजार मतले पछि पारेका छन् ।

एमालेका चौधरीले ११,४६० पाएका छन् भने गठबन्धनका शर्माले १०२४१ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि एमालेकी हुमा डीसी अगाडि छिन् । गठबन्धनबाट नेपाली कांग्रेसका भुपबहादुर डाँगी १०९४८ मतसहित दाेस्राे स्थानमा रहँदा एमालेकी डीसीले १११३८ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर