भक्तपुरका ८ वडामा नेमकिपा, कांग्रेस ६ र एमाले २ वडामा विजयी – Nepal Press

भक्तपुरका ८ वडामा नेमकिपा, कांग्रेस ६ र एमाले २ वडामा विजयी

भक्तपुर । भक्तपुरका चार नगरपालिकाका ३८ वडामध्ये सोमबार बिहानसम्म १६ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा नेपाल मजदुर किसान पार्टीले ८ वटा वडामा जित दर्ता गर्दा कांग्रेसले ६ र एमालेले २ वडा आफ्नो पक्षमा पारेका छन् ।

नेमकिपाले भक्तपुर नपा वडा नं १, २, ३, ४, ५, ६, ७ र ८ वडा जितेको हो । नेमकिपाबाट यी वडाहरुमा क्रमशः श्यामकृष्ण खत्री, हरिप्रसाद बासुकला, राजकृष्ण गोरा, उपेन्द्र सुवाल, योगेन्द्रमान बिजुक्छे, हरिराम सुवाल, उकेश कवां र कृष्णप्रसाद कोजू वडा अध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै नेपाली कांग्रेसले मध्यपुर थिमि नपाको १, २ र ३, चाँगुनारायण नपाको १ र २ तथा सूर्यविनायक नपाको २ नम्बर वडामा अध्यक्ष जितेको हो ।

मध्यपुर थिमि १ मा बाबुकाजी डंगोल, २ मा श्रीकृष्ण श्रेष्ठ र ३ वडामा कृष्णहरि आचार्य वडा अध्यक्ष निर्वाचित भए । चाँगुनारायण नपा १ मा सिजन कार्की र २ मा सोम प्रधान वडा अध्यक्ष विजयी भए । सूर्यविनायक नपा २ मा प्रदीप कार्की वडा अध्यक्षमा निर्वाचित भए ।

एमालेले सूर्यविनायक १ र चाँगुनारायण ३ मा वडा अध्यक्ष जितेको हो । सूर्यविनायक १ मा सानुकाजी कायस्थ र चाँगुनारायण ३ मा श्यामसुन्दर धिमाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

भक्तपुरमा भक्तपुर र सूर्यविनायक नपामा १०–१० तथा मध्यपुर र चाँगुनारायणमा ९–९ वडा गरी ३८ वडा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर