प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान अवतरण – Nepal Press

प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान अवतरण

रूपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।

नियमित अन्तर्राष्ट्रिय उडानका लागि जजिराले अनुमति पाएको थियो । जजिराले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबाट उडान भरेको जजिराको विमान बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ ।

जजिरा एयरले अहिले हप्ताको ३ दिन उडान गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर