शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी – Nepal Press

शिवनाथ गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेस विजयी भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार कर्णसिंह साउँद ३,१६५ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार हजारीसिंह साउँदलाई ३१६ मतान्तरले पराजित गरेका हुन् । पराजित हजारीसिंह साउँदले २,८४९ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेकपा एमालेकी शकुन्तला साउँद २८१७ मतसहित विजयी हुँदा गठबन्धनका माओवादी उम्मेदवार नरेन्द्र साउँद २६१९ मतमा रोकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर