सभापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसको जित, उपाध्यक्षमा नेकपा एस – Nepal Press

सभापोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसको जित, उपाध्यक्षमा नेकपा एस

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बु विजयी भएका छन् ।

उनले ३ हजार ७ मत प्राप्त गरे । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रत्नबहादुर सुब्बाले २ हजार ३ सय ५ मत ल्याए । सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीकी लक्ष्मी चापागाईँ विजयी भइन् ।

उनले २ हजार ४ सय ३९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सविता बरालले २ हजार ३ सय ७६ प्राप्त गरिन् । कांग्रेस र एमालेले ३–३ वडामा नेतृत्व जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर