युगान्डाविरुद्धको टी- २० शृङ्खलाको लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा – Nepal Press

युगान्डाविरुद्धको टी- २० शृङ्खलाको लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा

काठमाडौं । जेठ पहिलो सातादेखि हुने युगान्डाविरुद्धको टी-२० शृङ्खलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

शनिवार नेपाल क्रिकेट संघ ९क्यान० ले रुविना क्षेत्रीको कप्तानीमा १६ सदस्यीय नेपाली टोली सार्वजनिक गरेको हो ।

नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृङ्खला खेल्न लागेको हो । त्रिवि क्रिकेट मैदानमा हुने खेल जेठ दुई गतेदेखि सुरु हुनेछ ।

यस्तै, नेपालले तीन गते दोस्रो, पाँच गते तेस्रो, ६ गते चौथो र सात गते पाँचौँ खेल खेल्नेछ ।

नेपाली टिम:

रुविना क्षेत्री (कप्तान), सिता रानामगर, इन्दु बर्मा, काजोल श्रेष्ठ, सरिता रानामगर, कविता कुँवर, अप्सरी बेगम, अस्मिना कर्माचार्य, संगिता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, विन्दु रावल, डोली भट्ट, हिरन्मायी रोय


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर