राजपुरमा माओवादीको फराकिलो अग्रता – Nepal Press

राजपुरमा माओवादीको फराकिलो अग्रता

रुपन्देही । दाङको राजपुर गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का चक्रबहादुर खड्का (शिखर)ले अग्रता कायम राखेका छन् ।

रात्रि प्रावि गंगदीमा जारी मतगणना अनुसार ३५ सय मतगणना गनिसक्दा खड्काले १२ सय ९९ मत पाएका छन् । ३ सय ६ मतले उम्मेदवार खड्का अगाडि छन् ।

नेपाली कांग्रेसबाट शरदकुमार बुढाथोकीले ९ सय ९३ मत प्राप्त गरेका छन्। एमालेबाट कुलराज गिरीले ८ सय ८५ मत प्राप्त गरेका छन् ।

त्यसै गरी गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट पुष्पा यादवले १३ सय १३ मत प्राप्त गर्दा, नेपाली कांग्रेसबाट धनपतिदेवी यादवले १ हजार २० मत प्राप्त गरेका छन् ।

एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार सिता यादवले ८ सय ४५ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर