काठमाडौंको उपमेयर सुनिता डंगोललाई चार गुणा मतको अग्रता – Nepal Press

काठमाडौंको उपमेयर सुनिता डंगोललाई चार गुणा मतको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेबाट सुनिता डंगोलले भारी मतले अग्रता लिएकी छन् । निर्वाचन आयोगले दिएको आधिकारिक तथ्याङ्क अनुसार डंगोलले ५२० मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ११० मत पाएका छन् ।

मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता छ । साहले ४०२ मत प्राप्त गर्दा एमालेका केवश स्थापितले ३१९ मत ल्याएका छन् ।

कांग्रेसकी सिर्जना सिंहले २०२ मत पाएकी छन् ।

यो वडा नम्बर १ र ३२ को १ हजार मत र वडा नम्बर २ को १८० मत गणनाको परिणाम हो ।

अहिले यी सँगै वडा नम्बर २ र ४ को गणना पनि जारी रहेको छ । तर ती वडाको आधिकारिक परिणाम सार्वजनिक भएको छैन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर