दोलखामा मात्र २३ राउन्ड हवाई फायर, बागमतीका अन्य ५ जिल्लामा पनि हवाई फायरिङ – Nepal Press

दोलखामा मात्र २३ राउन्ड हवाई फायर, बागमतीका अन्य ५ जिल्लामा पनि हवाई फायरिङ

काठमाडौं । स्थानीय निर्वाचनको शुक्रवार भइरहेको मतदानअन्तर्गत बागमती प्रदेशका ६ जिल्लामा प्रहरीले हवाई फायरिङ गर्नु परेको छ ।

दोलखामा सबैभन्दा बढी २३ राउन्ड हवाई फायर भएको बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंहले जानकारी दिइन् ।

रामेछापमा १५, सिन्धुपाल्चोकमा ४, धादिङमा ३ तथा नुवाकोट र काभ्रेमा १र१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

डीआईजी सिंहका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका-१ को मतदान मात्र स्थगित भएको र अन्य केही ठाउँमा स्थगितको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर