तनहुँको ब्यासमा मेयर उम्मेदवार रहेका गोविन्दराज जोशीका छोरा कुटिए – Nepal Press

तनहुँको ब्यासमा मेयर उम्मेदवार रहेका गोविन्दराज जोशीका छोरा कुटिए

काठमाडौं । तनहुँको ब्यास नगरपालिकामा मेयरका उम्मेदवार रहेका गोविन्दराज जोशीका छोरा दीपकराज जोशी कुटिएका छन् ।

मतदान केन्द्रमा प्रतिनिधीको विषयमा विवाद भएपछि जोशीले मतपत्र च्यातेपछि उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोप लागेको छ । जोशी, स्वतन्त्र उम्मेदवार हुन् ।

ब्यास नगरपालिका-८ रिस्तीमा रहेको मतदान केन्द्रमा उनी मतदान गर्न पुगेका थिए ।

रिस्ती कांग्रेस नेता रामचन्द्र पौडेलको गाउँ पनि हो ।

कुटिएका खाएका दीपकराज जोशीले आफ्नो मतदाता प्रतिनिधि छैन भन्दै मतदान अधिकृतसँग जिज्ञासा राख्दा एक्कासि आक्रमण भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर