दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान – Nepal Press

दिउँसो २ बजेसम्म देशभर ४१ प्रतिशत मतदान

काठमाडौं । दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार बिहान ७ बजेदेखि सुरु भएको स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रवार दिउसो २ बजेसम्म ४२ प्रतिशत मत खसेको हो ।

छिटपुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रूपमा मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रवक्ता शर्माकाअनुसार कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

उक्त नगरपालिका र वडामा भने क्रमशः नगर उपप्रमुखका उम्मेदवार र वडा अध्यक्षका उम्मेदवारको उम्मेदवारी दर्ता गरिसकेपछि मृत्यु भएपछि वैशाख ३ गतेका लागि निर्वाचन कार्यतालिका परिवर्तन गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर