दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं १ र २ मा अझै सुरु भएन मतदान, बुथ कब्जा गर्ने प्रयास हुँदा हवाई फायर – Nepal Press

दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं १ र २ मा अझै सुरु भएन मतदान, बुथ कब्जा गर्ने प्रयास हुँदा हवाई फायर

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिका वडा नं १ र २ को मतदान केन्द्रमा गएरातदिेखि झडप हुँदा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । यहाँ गएरातिदेखि नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय झडप भएको थियो । जसले गर्दा मतदान कार्य प्रभावित भएको

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैटक बसेर मतदान सुरु गर्नेबारे सहमतिको प्रयास भइरहेको छ ।

त्रिपक्षीय झडप नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ । प्रहरीका अनुसार शुक्रबार बिहान पनि मतदान सुरु हुन लागेकै बेला झडप भएको थियो ।

मतदानस्थलमा बाहिरबाट ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको डीएसपी पौडेलले बताए ।
ढुंगा प्रहार गर्दै बुथ कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको दोलखा प्रहरी प्रमुख डिएसपी गंगा पौडेलले बताए ।

मतदाता आउने बाटोमा अवरोध गरेर कांग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गर्न खोजेका थिए ।

त्यस्तै वडा नं ३ भिडौमा पनि मतदान सुरु हुने क्रममा झडप भएको थियो । यहाँ सर्वदलीय बैठक बसेर मतदान कार्य सुरु भइसकेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।

यहाँ प्रत्येक चुनावमा बुथ कब्जा हुँदै आएकाे छ । यस पटक कांग्रेस, एमाले र माओवादी तीनै पार्टीले उम्मेदवारी दिएकाले एक–अर्कालाई बुथ कब्जा गर्न नदिन प्रयास गरिरहेका छन् ।

यता सधैं बुथ कब्जा हुने तामाकोसीका मतदान केन्द्रमा भने शान्तिपूर्वक मतदान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर