भोट हालेर स्थापितले भनेः आज धेरै बोल्न मिल्दैन, म घामतिर फर्केको छु (भिडिओ) – Nepal Press

भोट हालेर स्थापितले भनेः आज धेरै बोल्न मिल्दैन, म घामतिर फर्केको छु (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आज बिहानै मतदान गरे । बागबजारस्थित पद्मकन्या क्याम्पसमा उनले बिहान साढे ७ बजे पहिलो मतदान गरेका थिए ।

स्थापित मतदान गर्न आउँदा सञ्चारकर्मीको भीड लागेको थियो । उनले मतदान गरेर फर्किनासाथ क्यामराको घेराउमा परिहाले । तर, स्थापितले चुनावको विषयमा धेरै बोल्न चोहनन् । उनले भने, ‘आज धेरै बोल्न मिल्दैन । म घामतिर फर्केको छु । त्यत्ति हो ।’

स्थापितले मुलुक पुनर्जागरणको नयाँ युगमा प्रवेश गरेको बताए । तर, कुनै व्याख्या गरेनन् । मतदानस्थलबाट लाइभ गरिरहेका सञ्चारकर्मीले सोधे– मतदातालाई के भन्न चाहनुहुन्छ ?

स्थापितले जवाफ दिए, ‘आज धेरै बोल्न मिल्दैन भन्या । आज मौन बस्ने दिन हो । सुर्यतिर फर्किर नमस्कार गर्ने, अनि मतदान गरिसकेर घर गएर आराम गर्ने ।’

मतदानपछि स्थापित प्रफुल्लित मुद्रामा देखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर