धर्मेन्द्र बास्तोला छुटे, हिरासतबाटै गरेका थिए प्रधानमन्त्री र गृहमन्त्रीलाई फोन – Nepal Press

धर्मेन्द्र बास्तोला छुटे, हिरासतबाटै गरेका थिए प्रधानमन्त्री र गृहमन्त्रीलाई फोन

काठमाडौं । दाङको भालुवाङबाट पक्राउ परेका नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलालाई प्रहरीले सोधपुछपछि छोडेको छ । बास्तोलाले आफू भर्खरै प्रहरीको नियन्त्रणबाट छुटेको नेपाल प्रेसलाई जानकारी दिए ।

बुटबलमा भएको विस्फाेट र चुनावको बहिष्कारसम्बन्धी विषयलाई लिएर आज प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । प्रहरीको सोधपुछमा बास्तोलाले आफ्नो पार्टीले स्थानीय चुनाव विथोल्ने खालका क्रियाकलाप नगर्ने जानकारी गराएका छन् ।

प्रहरी हिरासतबाटै आफूले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग फोनमा कुराकानी गरेको बास्तोलाले बताए ।

‘मेरो प्रधानमन्त्री र गृहमन्त्रीसँग हिरासतमै कुरा भएको थियो । उहाँहरुसँग मैले आफ्नो कुरा राखेपछि प्रहरी लचिलो भएको हो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर