भट्टराईको स्पष्टीकरण : क्यान्सरपीडित आफन्तलाई भेट्न जाँदा रकम बाँडेको आरोप लाग्यो – Nepal Press

भट्टराईको स्पष्टीकरण : क्यान्सरपीडित आफन्तलाई भेट्न जाँदा रकम बाँडेको आरोप लाग्यो

रुपन्देही । मौन अवधिमा मतदातालाई रकम बाँडेको आरोप लागेकी माया भट्टराईले क्यान्सर पीडित आफन्तलाई भेट्न गएको प्रष्टीकरण दिएकी छन् ।

नेकपा एमाले बुटवल उपमहानगरपालिकाका नगरप्रमुखका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईले बिरामी आफन्तलाई भेट्न जाँदा नेपाली कांग्रेसका कार्यकर्ताले आफूमाथि भ्रामक प्रचार गरेको बताइन् ।

बुटवल ११ स्थित माझ गाउँमा बुधवार दिउँसो ३ बजे छिमेकी लक्ष्मी भट्टराईसँग उनी महेन्द्र अर्यालको घरमा गएकी थिइन् । महेन्द्र अर्यालकी श्रीमती लीला गिरी क्यान्सर रोगबाट पीडित भएको र हालै दिल्लीबाट उपचार गरी फर्केकाले आफू बिरामी भेट्न जाँदा अनावश्यक आरोप लगाएर गम्भीर अपमान गरेको उनको प्रष्टीकरण छ ।

यो पनि पढ्नुहोस्- बुटवलमा एमाले उम्मेदवारकी श्रीमतीले सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप

यस्तो छ उनले जारी गरेको विज्ञप्ति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर