छोरी नजिताए दुर्घटना हुने, जिताए २० वर्ष रुखमा भोट हाल्न नपाउने अवस्थामा कांग्रेस पुग्यो : ओली (भिडिओ) – Nepal Press

छोरी नजिताए दुर्घटना हुने, जिताए २० वर्ष रुखमा भोट हाल्न नपाउने अवस्थामा कांग्रेस पुग्यो : ओली (भिडिओ)

‘चुनाव गर्न नदिएर अदालतबाट नियुक्ति पत्र लिने बाटोमा कांग्रेस गयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका केही नेताले कार्यकर्तालाई चुनाव चिन्हविहीन बनाइदिएको टिप्पणी गरेका छन् ।

स्थानीय तह निर्वाचनको अन्तिम चुनावी सभालाई काठमाडौंको भृकुटी मण्डमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अझै १५÷२० वर्ष कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न नपाउने दाबी गरे ।

ओलीले भने– कांग्रेसका कार्यकर्ताले कहाँ भोट हाल्ने भन्ने पनि थाहा हुन्न । चितवनमा गए एउटा,पोखरामा अर्को,दमकमा अर्को चिन्हमा हाल भन्छन् नेताहरू । अझ अस्ति सुन्नुभयो होला,चितवनमा एक जना नेताले मेरो छोरीलाई नजिताए देशलाई दुर्घटनामा गुल्टाउँछु, जितायौ भने म खुसी हुन्छ र अझै १५÷२० वर्ष गठबन्धन लैजान्छु । अनि उनक शाखा सन्तानलाई भोट हाल्नुपर्ने भयो ।

नेपाली कांग्रेसले चुनावमा जाने कुरालाई प्रतिगमन भनेर लोकतन्त्रको परिभाषा फेर्न खोजेको भन्दै ओलीले चुनाव हुन नदिने र अदालतबाट नियुक्ति पत्र लिने उल्टो बाटोमा कांग्रेस हिँडेको आरोप ओलीले लगाए ।

ओलीले चुनावको पूर्व सन्ध्यामा धाँधली र सत्ताको दुरुपयोगको संकेतहरु देखिन थालेको भन्दै निष्पक्ष चुनाव गराउन निर्वाचन आयोगलाई आग्रह समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर