खेलाडी-प्रशिक्षक विवाद छानबिन समितिका सदस्य बिष्टले दिए लिग कमिटीबाट राजीनामा – Nepal Press

खेलाडी-प्रशिक्षक विवाद छानबिन समितिका सदस्य बिष्टले दिए लिग कमिटीबाट राजीनामा

काठमाडौं । नेपाली फुटबलका पूर्व खेलाडी बिदुर बिष्टले लिग कमिटी र क्लब समन्वय कमिटीबाट राजीनामा दिएका छन् ।

अखिल नेपाल फुटबल संघले खेलाडी र मुख्य प्रशिक्षक बीचको असमझदारीको यथार्थ पत्ता लगाउन गठित समितिको सदस्यमा नियुक्त गरिएकोले छानविन प्रभावित हुन सक्ने भन्दै राजीनामा दिएको बिष्टले जानकारी गराए ।

हालै नेपाली फुटबल खेलाडी र प्रशिक्षकबीच असमझदारी भई विवाद बढ्न गएकाले अखिल नेपाल फुटबल संघ(एन्फा)ले भिक्टर राणाको संयाेजकत्वमा उक्त असमझदारीको सत्य तथ्य पत्ता लगाउन तीन सदसिय छानविन समिति गठन गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर