सन्जु चौधरीको शव नेपालगञ्ज पठाउने – Nepal Press

सन्जु चौधरीको शव नेपालगञ्ज पठाउने

काठमाडौं ।भारात्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चौधरीको शव गृहजिल्ला नेपालगञ्ज पठाइने भएको छ । सन्जुको शव गृहनगर पठाउने नेपाल भारात्तोलन संघका अध्यक्ष राम श्रेष्ठ (बोस)ले जानकारी दिए ।

त्यसअघि घरेलु भूमिमा भएको १३औं सागमा भारात्तोलनतर्फ ऐतिहासिक स्वर्ण पदक जितेकी सन्जुको शव राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषद्‌मा राखिने श्रेष्ठले बताए । ‘केही समय हामीले राखेपमा सानो कार्यक्रम राखेका छौं । लगत्तै शवलाई नेपालगञ्ज पठाउँछौं,’ श्रेष्ठले भने ।

अहिले सन्जुको शव पाटन अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।यसअघि मंगलबार बिहान ललितपुरस्थित लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा सन्जु मृत अवस्थामा भेटिएकी थिइन् ।

अघिल्लो रात प्रशिक्षक महर्जनको घरमा पार्टी गरेर साथीहरूसँग रमाएकी सन्जु बिहान एक्कासि कोठामा झुण्डिएको अवस्थामा भेटिएकी श्रेष्ठले बताए ।

सन्जु सागमा भारात्तोलनतर्फ स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । २४ वर्षीय सन्जु हाल चीनमा हुने १९औं एसियाली खेलकुदको तयारीमा थिइन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर