पसल-पसलमा महालक्ष्मी विकास बैंकको क्युआर कोड, नगदरहित बैकिङ कारोबारमा जोड – Nepal Press

पसल-पसलमा महालक्ष्मी विकास बैंकको क्युआर कोड, नगदरहित बैकिङ कारोबारमा जोड

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको छ । नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगञ्ज र भाटभटेनी शाखाको अगुवाइमा उक्त क्षेत्रमा रहेका फलफूल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्टलगायतमा बृहत रुपमा क्यूआर कोड वितरण गरेको हो ।

उक्त क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनीकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याउने छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर