मेयर बरबरियाका लागि भोट माग्न प्रचण्ड सहिदनगर आउँदै – Nepal Press

मेयर बरबरियाका लागि भोट माग्न प्रचण्ड सहिदनगर आउँदै

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज धनुषा आउने भएका छन् ।

सहिदनगर नगरपालिका– ३ यदुकोहामा माओवादीले आयोजना गर्न लागेको चुनावीसभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड यहाँ आउन लागेका हुन् । चुनावीसभा दिउँसो ३ बजे सुरु हुने भनिएको छ ।

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड हेलिकप्टरबाट आउने र यदुकोहामै ल्याण्ड गर्ने व्यवस्था मिलाएको छ ।

सहिदनगरमा माओवादीबाट उदय बरबरियाले पुनः मेयरमा उम्मेदवारी दिएका छन् । उनकै लागि भोट माग्न प्रचण्ड आउन लागेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर