कीर्तिमानी भारात्तोलन खेलाडी सञ्जु झुन्डिएको अवस्थामा मृत फेला – Nepal Press

कीर्तिमानी भारात्तोलन खेलाडी सञ्जु झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली भारात्तोलनकी कीर्तिमानी खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

ललितपुरको लुभुस्थित भारात्तोलन प्रशिक्षक सन्जय महर्जनको घरमा उनकाे शव सलले पासो लागेको अवस्थामा फेला परेको भारात्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए । उनी केही दिनयता महर्जनको घरमा बस्दै आएकी थिइन् ।

सन्जु दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारात्तोलन खेलाडी थिइन् । उनले १३ औं सागमा उक्त सफलता हात पारेकी थिइन् ।

नेपालगन्ज स्थायी घर भएकी सन्जु एसियाली खेलकुदको छनोटका लागि केही समययता काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन् ।

घटना आत्महत्या वा हत्या के भन्ने स्पष्ट भइसकेको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारात्तोलन संघका अध्यक्ष श्रेष्ठका अनुसार सोमबार साँझ प्रशिक्षक महर्जनको घरमा जात्राको भोज भएको थियो । ‘हामी सबैजना भोजमा गएका थियौं । राति ९ बजे त्यहाँबाट फर्कँदा सन्जुसँग बिदा भएर निस्किएका थियौं । तर बिहान साढे ५ बजे एक्कासी त्यस्तो खबर आयो’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर