आज रातिदेखि मौन अवधि: के गर्नु हुन्छ, के हुँदैन ? – Nepal Press
स्थानीय चुनाव

आज रातिदेखि मौन अवधि: के गर्नु हुन्छ, के हुँदैन ?

काठमाडौं । शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मौन अवधि सुरु भएपछि राजनीतिक दलहरुले चुनाव प्रचार गर्न र उम्मेदवार मतदातासँग मत माग्न पाउने छैनन् । तर, विगतका निर्वाचनमा मौन अवधिकै बेला ज्यादा चलखेल हुने गरेको नजिर छ ।

निर्वाचन आयोगले मौन अवधिमा गर्न हुने र नहुने कामको सूची नै बनाएको छ । र गर्न नहुने काम गरे कारबाही गर्ने जनाएको छ ।

आयोगका अनुसार मौन अवधिभर निर्वाचन प्रचार–प्रसार, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन, राजनीतिक दल तथा उमेदवारको पक्ष–विपक्षमा मतदानलगायत कुनै पनि प्रकारका छलफल गर्न पाइँदैन ।

आयोगले निर्वाचन आचारसंहिता पालन भए, नभएको अनुगमनका लागि टोली पनि परिचालन गरेको छ । उक्त टोलीले उल्लंघकर्ता जो सुकै भए पनि कारबाही गर्नसक्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *