निर्वाचनमा मौसमी प्रभावबाट जाेगाउने व्यवस्था मिलाउन सीडीओ कार्यालय र स्थानीय तहलाई निर्देशन – Nepal Press

निर्वाचनमा मौसमी प्रभावबाट जाेगाउने व्यवस्था मिलाउन सीडीओ कार्यालय र स्थानीय तहलाई निर्देशन

काठमाडौं । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनलाई मौसमी प्रभावबाट जोगाउनका लागि सुरक्षा व्यवस्था मिलाउनका लागि निर्वाचन आयोगले सबै स्थानीय तहलाई निर्देशन दिएको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको हो ।

निर्वाचनको दिन बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसममका लागि मतदान हुने सबै मतदान केन्द्रमा वर्षात्को पानीबाट मतदान कार्य र त्यसपछि मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आवश्यक पर्ने पाल तथा त्रिपाल वा प्लाष्टिकको व्यवस्था गर्नका लागि सबै स्थानीय तहले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४० अनुसार त्यसको आवश्यक समन्वय एवम् सहजीकरणका लागि गृह मन्त्रालयमार्फत सबै प्रमुख जिल्ला अधिकारीलाई पनि निर्देशन दिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन प्रचार प्रसार गर्न पाइने अवधि, मौन अवधि तथा मतदानको दिनमासमेत निर्वाचन सम्बन्धी प्रचलित कानून तथा आचारसंहिताका व्यवस्थालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र गराउनका लागि गृह मन्त्रालयमार्फत स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आयोगले वैशाख २५ गतेको निर्णय अनुसार १०बुँदे निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर