निर्वाचनमा कर्मचारी खटिँदा जिल्ला प्रशासन कार्यालयकाे सेवा प्रभावित – Nepal Press

निर्वाचनमा कर्मचारी खटिँदा जिल्ला प्रशासन कार्यालयकाे सेवा प्रभावित

जनकपुरधाम । आसन्न स्थानीय तह निर्वाचनमा कर्मचारीहरु खटिएपछि जिल्ला प्रशासन कार्यालयहरुको कामकाज प्रभावित हुने भएको छ ।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले साेमबार सूचना जारी गरेर कार्यालयबाट प्रवाह हुने शान्ति सुरक्षाबाहेकका सेवाहरु वैशाख २७ देखि ३० गतेसम्म बन्द रहने जनाएका छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले पनि वैशाख २७ देखि ३० गतेसम्म सेवा कटौती गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले चार दिन राष्ट्रिय परिचयपत्र, राहदानी र शान्ति सुरक्षासम्बन्धी सेवामात्र प्रदान गरिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *