वैद्य माओवादीका केन्द्रीय नेताद्वय ज्ञवाली र बजगाईंसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश – Nepal Press

वैद्य माओवादीका केन्द्रीय नेताद्वय ज्ञवाली र बजगाईंसहित दर्जनौं माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । वैद्य माओवादीका केन्द्रीय नेताद्वय ईश्वरचन्द्र ज्ञवाली र बद्री बजगाईंसहित दर्जनौं नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । साहित्यकार समेत रहेका नेता ज्ञवालीले नेपालमा माओवादी पार्टी, आन्दोलन र क्रान्तिको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव देखेकाले आफूहरुले पार्टी प्रवेश गरेको बताए ।

उनले आफू पुरानै घर फर्कन खुसी भएको पनि बताए । काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी मजदुर नेता बद्री बजगाई माओवादी मजदूर आन्दोलनका सशक्त नेतृत्व गर्नेमध्येका एक थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर