युनाइटेडलाई ५-० गोल अन्तर हराउँदै सिटी तीन अंक अगाडि – Nepal Press

युनाइटेडलाई ५-० गोल अन्तर हराउँदै सिटी तीन अंक अगाडि

काठमाडौं । न्युकासल युनाइटेडलाई ५–० गोल अन्तरले पराजित गरेसँगै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले तीन अंकको अग्रता बनाएको छ ।

आइतबार राति घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले दुई तथा एम्रीक लापोर्ट, रोड्री र फिल फोडेनले एक(एक गोल गरे ।

अघिल्लो रात दोस्रो स्थानको लिभरपुल टोटनहमसँग बराबरीमा रोकिएपछि सिटीलाई अग्रता लिने अवसर थियो । जहाँ सिटी सफल समेत रह्यो ।

जितसँगै सिटीले ३५ खेलबाट ८६ अंक जोडेको छ र शीर्ष स्थानमा छ । न्युकासल ४३ अंक जोडेर १३ औं स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ८३ अंक छ ।

आइतबार नै भएको अर्को खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २–१ गोल अन्तरले हराउँदै यूइएफए च्याम्पियन्स लिग नजिक रहेको छ ।

आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे । लिड्सका डिएगो लोरेन्टले सान्त्वना गो गरे ।

जितसँगै आर्सनल शीर्ष चारमा रहेर च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको हो । आर्सनल ३५ खेलबाट ६६ अंक जोडेर चौंथो स्थानमा छ । पराजित लिड्स ३४ अंक साथ रेलिगेशन क्षेत्रमा झरेको छ ।

अन्य खेलमा एभर्टनले लेस्टर सिटीलाई २–१ अन्तरले हराउदै रेलिगेशन क्षेत्र बाहिर निस्किएको छ । यस्तै वेस्ट ह्यामले नर्विच सिटीलाई ४–० अन्तरले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *