हिजो लड्डु खाएकाहरूले अहिले तिते पाटी खानु परेको छ : भट्ट – Nepal Press

हिजो लड्डु खाएकाहरूले अहिले तिते पाटी खानु परेको छ : भट्ट

डोटी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिले समस्यामा रहेको बताएका छन् ।

डोटीको जोरायलमा भएको एमालेको आम सभालाई सम्बोधन गर्दै उनले संसद् स्थापना हुँदा खुसी भएर लड्डु खाएकाहरू अहिले तीतेपाती खानु परेको बताएका हुन् ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई सर्वोच्चले तोक्ने कुरा गलत रहेको समेत भट्टले बताएका थिए । त्यो बेला सर्वोच्च अदालतप्रति हर्षित भएकाहरू पछि प्रधानन्यायाधीश महाअभियोग दर्ता गरेर दोहोरो रूप देखाएको बताए ।

‘सर्वोच्चले प्रधानमन्त्री तोक्दैन । सदनले तोक्छ’ उनले भने, ‘जनादेश लिन संसद् विघटन भएको थियो । परमादेश आउँदा लड्डु खाएकाहरू अहिले तिते पाटी खानु परेको छ। ’

उनले एमाले अध्यक्ष केपी ओलीका कारण विश्वमा नेपालको स्वाभिमान उच्चो भएको बताएका हुन् ।

‘केपी ओलीले भारतलाई लिखित नेट पठाउनु भयो र सांसदबाट चुच्चे नक्सा आयो’ उनले भने, ‘सायद केपी ओलीको ठाउँमा अर्को भएको भए त्यो प्रगति हुन सक्ने अवस्था थिए । ’

दार्चुलामा एसएबीबाट जयसिंह धामीलाई तुइन काटेर महाकालीमा बगाउँदा पानी सरकारले केही नबोलेको भन्दै आलोचना गरेका थिए । कांग्रेसले बिपी कोइरालाको आदर्श छोडेको बताए ।

उनले भने, ‘भारतलाई सोध्न नसक्ने यो सरकारले नेपालीको रक्षा गर्न सक्दैन।’

प्रचण्डले जनयुद्धका घाइतेहरूको उपचार गर्ने बताए पनि अहिले चासो नदिएको बताए । उनले बेपत्ता र सहिद परिवारको अवस्था बारे प्रचण्डलाई चासो नभएको भन्दै भेटाए सोध्न आग्रह गरेका थिए ।

उनले देउवा र दाहालको तालमेल पनि गलत रहेको बताए ।

टाउकोको मूल्य तोकेकाहरूसँगै अहिले प्रचण्ड टाउने जोडेर हिँडिरहेको भन्दै भट्टले यी सबै जनतालाई झुक्काउने खेल भइरहेका बताएका हुन् ।

भट्टले राष्ट्र र राष्ट्रियताको सवालमा नझुक्ने पार्टी एमाले मात्रै रहेको बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर