जेठ ८ मा अवकास पाउने डीआईजी लामालाई एआईजीमा बढुवा गर्न गृहको सिफारिस – Nepal Press

जेठ ८ मा अवकास पाउने डीआईजी लामालाई एआईजीमा बढुवा गर्न गृहको सिफारिस

काठमाडौं । गृह मन्त्रालयले आगामी जेठ ९ गते उमेर हदका कारण अनिवार्य अवकासमा जाने नायब प्रहरी महानिरीक्षक–डीआईजी वसन्तकुमार लामालाई अतिरिक्त प्रहरी महानिरीक्षक–एआईजीमा बढुवा गर्न सिफारिस गरेकाे छ।

मन्त्रालयले शुक्रबार नेपाल प्रहरीको रिक्त पाँच एआईजी दरबन्दीमध्ये नायब प्रहरी महानिरीक्षक–डीआईजी लामालाई एकल बढुवा सिफारिस गरेको हो ।

सरकारले गृहको सिफारिसअनुसार डीआईजी लामालाई एआईजीमा बढुवा गरे उनको अवकास पाउने मितिसमेत पछि सर्नेछ । लामाले डीआईजीको ५६ वर्षे उमेर हदका कारण आगामी जेठ ८ गते अवकास पाउँदै थिए । एआईजीमा बढुवा भए उनी आगामी चैतसम्म नेपाल प्रहरीको सेवामा निरन्तर रहनेछन् ।

डीआईजी लामाको एकल बढुवा सिफारिसले प्रहरी संगठनभित्र पुनः चलखेल भएको हुनसक्ने आशंका गरिएको छ ।


प्रतिक्रिया

One thought on “जेठ ८ मा अवकास पाउने डीआईजी लामालाई एआईजीमा बढुवा गर्न गृहको सिफारिस

  1. अहिलेकाे सरकारलाई जे गरेर भए पनि कमाउनु छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर