ओली बलियो बनाउन गठबन्धन कमजोर पार्न खोजियो : पौडेल (भिडिओ) – Nepal Press

ओली बलियो बनाउन गठबन्धन कमजोर पार्न खोजियो : पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन कमजोर बनाएर केपी ओलीलाई बलियो बनाउन षड्यन्त्र भइरहेको बताएका छन् ।

गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले ५ दलीय गठबन्धन अग्रगामी र प्रगतिशील गठबन्धन भएपनि गठबन्धनभित्रै संकीर्ण सोच राख्नेहरुले अझै षड्यन्त्र गरिरहेको बताए ।

‘ओलीलाई बलियो बनाउन गठबन्धनभित्रै पनि षड्यन्त्र भइरहेको छ । हसियाँ हथौडामा छाप हान्दैनौ भनेर गठबन्धनलाई कमजोर बनाउने काम भएको छ । म मेरा साथीहरुलाई भन्न चाहन्छु । संकीर्णता समातेर होइन । अलिकति खुला भएर संविधान र लोकतन्त्र जोगाउने गठबन्धनको मिसनमा जोडिनुस् । यो अग्रगामी र प्रगतिशील गठबन्धन हो’, पौडेलले भने ।

काठमाडौं महानगरमा बितेको ५ वर्षमा भ्रष्टाचार संस्थागत भएको भन्दै पौडेलले गठबन्धनले निर्वाचन जितेपछि सुशासनका लागि पर्याप्त काम गर्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले देखेको काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने सपना पूरा हुन लागेको भन्दै पौडेलले महानगरबासीलाई थप सुविधा दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर