बैतडीमा मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण र सेवनमा रोक – Nepal Press

बैतडीमा मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण र सेवनमा रोक

कैलाली । बैतडीमा आइतबारबाट मत परिणाम नआउँदा सम्म मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको सर्वपक्षीय बैठकले आगामी आइतबारबाट निर्वाचनको मत परिणाम नआउन्जेलसम्म मदिरा बिक्रिवितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा सुरक्षा निकायका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, व्यापारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पनि मदिरा बिक्री वितरण तथा सेवनमा रोग लगाउनु पर्ने बताएका थिए ।

निर्वाचन आचारसंहितामा पनि २७ गते देखि मदिरा बिक्रिबितरण तथा सेवनमा रोक लगाउने कुरा उल्लेख गरिएको छ । बैतडीमा एक दिन अघिबाटै रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर