जित सुनिश्चित भइसक्यो, काठमाडौं सुधारेर देखाउँछौं: सिर्जना सिंह (भिडिओ) – Nepal Press

जित सुनिश्चित भइसक्यो, काठमाडौं सुधारेर देखाउँछौं: सिर्जना सिंह (भिडिओ)

काठमाडौं । गठबन्धनका तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौंमा गठबन्धनको जित निश्चित भएको बताएकी छिन् ।

गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेतृ सिंहले गठबन्धनको पक्षमा माहोल बनिसकेको बताइन् । काठमाडौंमा गठबन्धनले जितेपछि मतदाताको शिर निहुरिन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत सिंहले व्यक्त गरिन् ।

‘काठमाडौंमा हाम्रो जित निश्चित छ । हामी जितेर आएपछि जनताले सोचेजस्तो काठमाडौं बनाउँछौं । मतदाताको शिर निहुरिन दिदैनौं । महानगरलाई महान् घरजस्तो बनाउँछु । सबैलाई सम्मान गर्ने र सबैलाई अपनत्व दिने काठमाडौं बनाउँछौं’, सिंहले भनिन् ।

आफू मेयर भएपछि काठमाडौंका सबै टोल र गल्लीमा सडक बत्ती र सीसी टिभी जडान गर्ने सिर्जनाको प्रतिवद्धता छ । काठमाडौं महानगरका सबै वडामा ज्येष्ठ नागरिकका लागि भवन बनाउने उद्घोष गर्दै सिंहले सार्वजनिक स्थानमा निशुल्क खानेपानी र सार्वजनिक शौचालयको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर