सुनकोशी- ७ का तरुण दल अध्यक्ष कार्कीसहितको टोली एमालेमा प्रवेश – Nepal Press

सुनकोशी- ७ का तरुण दल अध्यक्ष कार्कीसहितको टोली एमालेमा प्रवेश

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका- ७ का तरुण दल अध्यक्ष सैलेन्द्र कार्कीसहितको टोली नेकपा एमालेमा प्रवेश गरेको छ । आज बिहान एक कार्यक्रमबीच कार्कीसहितको टोली एमालेमा प्रवेश गरेको हो ।

उनीहरुलाई एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका टपिन्द्र तिमल्सिना र वडा नम्बर ७ का वडाध्यक्षका उम्मेदवार ईश्वर तिमल्सिनाले एमालेमा स्वागत गरेका थिए ।

नवप्रवेशीहरुलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने अध्यक्षका उम्मेदवार तिमल्सिनाले बताए ।

सुनकोशीमा एमाले र माओवादीले चुनावी तालमेल गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर