सुनको मूल्य ६ सयले घट्यो – Nepal Press

सुनको मूल्य ६ सयले घट्यो

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ ।

बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर