यस्तो गठबन्धनको चुनावी सभा (कार्यतालिका) – Nepal Press

यस्तो गठबन्धनको चुनावी सभा (कार्यतालिका)

काठमाडौं । सत्तागठबन्धन दलले स्थानीय तहको निर्वाचनको लागि चुनावी सभा गर्न संयुक्त कार्यक्रम बनाएको छ । गठबन्धनले आजदेखि २७ गतेसम्म देशका विभिन्न सहरमा चुनावीसभा  आयाेजना गर्दैछ ।

चुनावी सभालाई प्रधानमन्त्री शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल लगायत गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

आज भरतपुरमा गठबन्धनका दलले भरतपुरमा सम्बोधन गरेका थिए । भने भोलि गठबन्धनले काठमाडौंमा चुनावी सभा गर्दैछ ।

२२ गते भरतपुर

२३ गते काठमाडौं

२४ गते जनकपुर

२५ गते ११ बजे पोखरा, दिउँसो घोराही र तुल्सिपुर

२६ गते धनगढी

२७ गते जितपुर सिमरा

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर