ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु, एकजना घाइते – Nepal Press

ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु, एकजना घाइते

काठमाडौं । ओखलढुंगामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लिखु गाउँपालिका ८ टारकेराबारीका देव बहादुर दर्जीको चट्याङ लागेर ज्यान गएको हो ।

बुधबार साँझ ६ बजे घरायसी कामका लागि बाहिर रहेका दर्जी चट्याङ लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरी रामेछाप मन्थलीको तामाकोसी अस्पताल लगिएकोमा उपचारको क्रममा उनको राति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

घटनामा गम्भीर घाइते भएका अर्का स्थानीय मेघ बहादुर दर्जीको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *