सुनको मूल्य तोलामा १४ सयले बढ्यो – Nepal Press

सुनको मूल्य तोलामा १४ सयले बढ्यो

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक हजार चार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ । बुधबार सुन तोलाको ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि प्रति तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा निर्धारण भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर