नेपालमा पनि श्रीलंकाकाे जस्तै अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखियाे: अर्थशास्त्री वाग्ले – Nepal Press

नेपालमा पनि श्रीलंकाकाे जस्तै अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखियाे: अर्थशास्त्री वाग्ले

काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा पनि श्रीलंकामा जस्तै अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिएको बताएका छन् । पछिल्लो समय अर्थतन्त्रमा समस्या आएको भनेर छलफल भइरहेको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको छलफलमा अर्थशास्त्री वाग्लेले श्रीलंकामा शासकहरुले हचुवाको भरमा निर्णय गर्दा त्यहाँको अर्थतन्त्रमा समस्या बढ्दै गएको जानकारी दिए ।

नेपालका शासकहरुमा पिन हचुवाको भरमा निर्णय गर्न श्रीलंकाको जस्तै प्रवृत्ति हाबी भएको उनले बताए । ‘श्रीलंकामा शासकले हचुवाको भरमा निर्णय गर्दा समस्या बढेको हाे’, उनले भने, ‘नेपालमा पनि त्यस्तै प्रवृत्ति हाबी हुन थालेको छ ।’

श्रीलंका र नेपालको अर्थतन्त्र भने तुलना हुन नसक्ने उनले बताए ।

अर्थमन्त्री जनार्दन शर्मा भने नेपालको अर्थतन्त्र ठीक देखाउन लागिपरेका छन् ।


प्रतिक्रिया

One thought on “नेपालमा पनि श्रीलंकाकाे जस्तै अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखियाे: अर्थशास्त्री वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर