भिल्लारियललाई हराउँदै च्याप्पियन लिगको फाइनलमा लिभरपुल – Nepal Press

भिल्लारियललाई हराउँदै च्याप्पियन लिगको फाइनलमा लिभरपुल

काठमाडौं । काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलमा भिल्लारियललाई ३–२ गोल अन्तरले पराजित गर्दै लिभरपुल फाइनलमा पुगेको हो ।

पहिलो हाफमा भिल्ला रियलले २–० को अग्रता लिएर लिभरपुललाई दबाबमा राखेको भएपनि लिभरपुलले कमब्याक गर्दै दोस्रो हाफमा ३ गोल गरेको थियो । लिभरपुलले खेलको ६२औं, ६७औं र ७४औं मिनेटमा गोल गरेको थियो ।

लिभरपुलको जितमा फाबिन्हो, लुइस डियाज र साडियो मानेले एक एक गोल गरेका थिए ।

यसअघि भिल्ला रियलका लागि बोउलाए डिया र फ्रान्सिस कोक्वेनले एक एक गोल गरेका थिए ।

यसअघि ६ पटक उपाधि जितेको लिभरपुलले पछिल्लो पटक २०१९ मा उपाधि जितेको थियो । त्यसअघि २०१८ मा फाइनलमा पुगेर पराजित भएको थियो ।

अब लिभरपुलले रियल म्याड्रिड र म्यानचेस्टर सिटीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *