मंगलम पाइप्सद्वारा आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान – Nepal Press

मंगलम पाइप्सद्वारा आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान

काठमाडौं । मंगलम पाइप्सले आफ्ना कर्मचारीहरुलाई सम्मान–पत्र तथा मायाको चिनो प्रदान गरेको छ ।

नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिजले भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको  हाे ।

यसै अवसरमा मंगलम पाइप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र पनि वितरण गरेको छ । उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले सम्पूर्ण कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए ।

मंगलम उद्योगका प्रबन्धक निर्देशक अभिनव चुरिवालले भने, ‘हाम्रो शुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनिसँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ । यो सबै यहाँहरुकै टेवा हो । एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन । आज यहाँहरुसँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ । मंगलम ग्रुपलाई यो उचाईसम्म पुर्‍याउनुभएकोमा आभार प्रकट गर्दछु । आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु ।’

आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर