गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु – Nepal Press

गोरखामा जन्ती बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

गोरखा । गोरखामा जन्ती सवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

सोमबार साँझ सिरानचोक गाऊँपालिका ४ आरुबोटेमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ सय मिटर तल खसेको हो ।

चितवनबाट आएका जन्ती फर्कने क्रममा जीप दुर्घटना भएको प्रहरीको भनाइ छ ।

मृतकको सनाखत भने भईनसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *