पाकिस्तानका प्रधानमन्त्रीविरुद्ध साउदी अरबमा नाराबाजी – Nepal Press

पाकिस्तानका प्रधानमन्त्रीविरुद्ध साउदी अरबमा नाराबाजी

काठमाडौं । साउदी अरबको भ्रमणमा रहेका पाकिस्तानका नव नियुक्त प्रधानमन्त्री शेहेवाज शरिफविरुद्ध साउदी अरबमँ नाराबाजी भएको छ ।

आफ्नो मन्त्रीमण्डलसहित मस्जिदमा पुगेका बेला शरिफविरुद्ध अरबमा बसोबास गर्दै आएका पाकिस्तानीहरुले नाराबाजी गरेका हुन् ।

उक्त नाराबाजीको भिडियो हाल पाकिस्तानको सामाजिक संजालमा भाइरल भइरहेको छ । भिडियोमा शेहेवाज शरिफ साउदीका कुटनितिज्ञ र मन्त्रीमण्डलसँगै मस्जिद पुग्नासाथ चोर–चोर भन्दै नाराबाजी गरेको सुन्न सकिन्छ ।

उक्त घटनामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको हात रहेको पाकिस्तानका सूचनामन्त्री मरियम औरंगजेबले आरोप लगाएकी छिन् ।

प्रधानमन्त्री बनेपछि शेहेवाजको यो पहिलो साउदी भ्रमण हो। पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार शेहेवाजको यो भ्रमणको मुख्य लक्ष्य भनेको साउदी अरबमार्फत ३.२ अर्ब डलर ऋण सहायता प्राप्त गर्नु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर