युक्रेनले ढाल्यो रुससँगको सम्बन्ध झल्काउने विशाल सालिक – Nepal Press

युक्रेनले ढाल्यो रुससँगको सम्बन्ध झल्काउने विशाल सालिक

काठमाडौं । युक्रेनको राजधानी किएभमा अवस्थित रुस र युक्रेनबीचको सम्बन्ध झल्काउन प्रतिष्ठापित एउटा विशाल सालिक ढालिएको छ ।

किएभका नगरप्रमुख भिताली क्लिच्कोले एउटा सोभियतकालीन स्मारकबाट उक्त सालिक हटाउन निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ ।

सोभियतकालिन उक्त सालिक किएभको एक गम्बुजमा अवस्थित थियो । किएभका नगरप्रमुख भिताली क्लिच्कोले हालको समयमा रसियाले लाखौ युक्रेनी जनताहरुको जीवन ध्वस्त पारेको र युरोपमा शान्ती भगं गरेको कारण उक्त शालिक ढाल्ने निर्णय गरिएको बताएका छ्न् ।

उक्त शालिकले रुस र युक्रेनबीचको मित्रतालाई प्रतिबिम्बित गर्ने गरेतापनी हाल यी दुई देशबीच कुनै पनि मित्रता कायम नरहेको उनको भनाई छ । उक्त सालिक ढालिँदा त्यहाँ उपस्थित मानिसहरूले हर्षोल्लाससमेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर