बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा – Nepal Press

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका १ वडाको बगरमा खोलेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा शाखाको उद्घाटन भएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा। रामशरण खरेलले नेपाल राष्ट्र बैंकको उद्देश्य बमोजिम विभिन्न स्थानहरुमा शाखा कार्यालय संचालन गरि आम जनमानसहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरेको बताए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर