सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेलको सहमति, अध्यक्ष एमालेलाई – Nepal Press

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेलको सहमति, अध्यक्ष एमालेलाई

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार टपिन्द्र तिमल्सिनालाई साझा उम्मेदवार बनाउने गरी दुई दलबीच सहमति भएको हो ।

गाउँपालिका स्तरीय नेताहरुबीच भएको सहमतिअनुसार उपाध्यक्षमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता गराएर माओवादीकी दुर्गा थापालाई साझा उम्मेदवार बनाइनेछ ।

वडामा पनि एमाले र माओवादीले भागबण्डा गरेका छन् । त्यस्तै नेताहरुबीच संयुक्त घोषणापत्र जारी गरी चुनावी प्रचारलाई तीव्र बनाउने पनि सहमति भएको छ ।
नेताहरुले चुनावी तालमेलबारे आज साँझ पत्रकार सम्मेलन गर्दैछन् ।

सुनकोशी गाउँपालिकामा नेपाली कांग्रेसबाट श्रवण जिसी उम्मेदवार छन् ।

निर्वाचन आयोगको कार्यतालिका उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर