नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो – Nepal Press

नेपालीको प्रतिव्यक्ति आय १३ सय ७२ डलर पुग्यो

काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आयमा वृद्धि भएको छ ।  केन्द्रीय तथ्यांक विभागका निकालेको तथ्यांक अनुसार प्रतिव्यक्ति आय १३७२ डलर पुगेको हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष १३३ डलरआय वृद्धि भएको हो ।

गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय १२३९ डलर रहेको थियो । भने सो आर्थिक वर्षमा १३७२ पुगेको छ ।

आर्थिक वर्ष ०७५/७६ मा ११९४ पुगेको थियो । आर्थिक वर्ष ०७६/७७ मा घटेर ११५६ मा सीमित भएको आय आर्थिक वर्ष ०७७/७८ मा बढेर १२३९ पुगेको थियो ।

विभागले अन्तर्राष्ट्रिय पद्धतिअनुसार सन् २०१०/११ अनुसार राष्ट्रिय लेखा अनुमान तयार पारेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर